News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

कञ्चनपुरमा अखिल क्रान्तिकारीका विद्यार्थी नेताबीच झडप, एक गम्भीर घाइते

User Photo
आइतवार, साउन १२, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग:कञ्चनपुर, साउन ११ — कञ्चनपुरको भीमदत्त नगरपालिका, महेन्द्रनगरस्थित पार्टी कार्यालयमा आइतबार दिउँसो करिब २:३० बजे अखिल (क्रान्तिकारी) निकट विद्यार्थी नेताहरूबीच आन्तरिक विवाद हिंसात्मक झडपमा परिणत भएको छ।

झडपमा परेर अखिल (क्रान्तिकारी) का सुदूरपश्चिम इञ्चार्ज रामचन्द्र भट्ट गम्भीर घाइते भएका छन्। उनीमाथि माओवादी केन्द्रका भीमदत्त नगर कमिटी सदस्य एवं अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष भुवन बिष्टले ढुंगाले प्रहार गरेको बताइएको छ।

विद्यार्थी नेताहरूका अनुसार प्रारम्भिक रूपमा भट्टले बिष्टमाथि हातपात गरेपछि विवाद चर्किएको थियो। त्यसको जवाफमा बिष्टले ढुंगा प्रहार गर्दा भट्टको टाउ र निधारमा गम्भीर चोट लागेको हो।

प्रहरी उपरीक्षक सागर बोहराका अनुसार घाइते भट्टलाई तत्काल महाकाली अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ।
सामान्य घाइते भएका भुवन सिङ बिष्ट अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा छन्।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.