News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

१३ वर्षीय एक बालिका बलात्कारको सिकार 

User Photo
आइतवार, साउन २६, २०८२
काठमाण्डौ ।

 

 

पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडा भन्ने ठाउँमा बिहीबार बेलुका गाउँलेहरू भेला भएर तीज गीतमा नाच्दै रमाइलो गरिरहेका थिए । सोही कार्यक्रममा पुगेकी १३ वर्षीय एक बालिका बलात्कारको सिकार भएकी छन् ।

 

 

राति १२ बजेसम्म सबै नाच्ने–गाउने रमाइलोमै व्यस्त थिए । निन्द्रा लागेपछि सुत्न भनेर ती बालिका घरतिर लागिन् ।उनीसँगै अन्य चार जना साथी पनि थिए । बाटोमा दुई युवकले उनीहरूलाई लखेट्न थाले । ती युवक सोही नगरपालिकाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी थिए ।अँध्यारोमा दौडिँदै गर्दा अरू साथीहरू भागेर ज्यान जोगाउन सफल भए, तर १३ वर्षीय ती बालिका पछि परिन् । प्रहरीका अनुसार ती युवाले लेखटी–लखेटी पछाडिबाट ढुङ्गाले हाने । उनीहरूले हानेको ढुङ्गा ती बालिकाको दाहिने पाखुरामा लाग्यो । ‘उनलाई निकै चोट लागेछ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले भने, ‘उनी पीडाले ढलिन् ।’साथीहरू गुमाएकी, चोटले घाइते भएकी ती निःसहाय बालिकालाई युवाहरूले उठाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

 

उनीहरूले ती बालिकालाई पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनार बताउँछन् ।

 

यो घटना तबमात्र थाहा भयो, जब ती बालिकाका अन्य साथीहरूले डराउँदै घरमा खबर गरे । पछि आफन्त र स्थानीयवासी राति नै बालिकाको खोजीमा निस्किए । पीडित बालिकाका आमाबुबा भने रोजगारीको सिलसिलामा भारतमा छन् । पीडित बालिका स्कुल पढ्ने र घरको रेखदेख गर्थिन् ।

 

उनीहरू घटनास्थल नजिक पुगेको चाल पाउनासाथ ती युवा त्यहाँबाट भागेका थिए । परिवारले बालिकालाई बेहोस अवस्थामा फेला पारेको प्रहरी निरीक्षक सुनार बताउँछन् ।

 

स्थानीयका अनुसार उनको हात मर्केको थियो भने शरीरबाट रगत बगिरहेको थियो । हतारहतार बोलेरो गाडीमा राखेर उनलाई दैलेख अस्पताल पुर्‍याइएको थियो ।

 

शुक्रबार पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय, दैलेखले तत्कालै दुवै आरोपितलाई पक्राउ गरेको प्रहरी निरीक्षक लालबादुर सुनारले बताए ।

 

‘दुवैलाई हिरासतमा राखी अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ,’ उनले भने ।अहिले बालिकाको दैलेख अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा उपचार भइरहेको छ । उनको दाहिने हात मर्केको छ भने गुप्ताङ्गमा गहिरो चोट र रक्तश्राव भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.