निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा पुनः रञ्जिता श्रेष्ठलाई नै आधिकारिक मान्यता दिएको छ।
पार्टीका संरक्षक रेशम चौधरीले केही दिनअघि रञ्जितालाई अध्यक्ष पदबाट हटाउँदै लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरेका थिए। तर आयोगले उक्त निर्णयलाई वैधानिक प्रक्रिया विपरीत ठहर गर्दै अमान्यता दिएको हो।
निर्वाचन आयोगका अनुसार दलको विधान र कानुनी प्रावधानअनुसार अध्यक्ष पदमा परिवर्तनका लागि आवश्यक प्रक्रिया पूरा नभएकाले रञ्जिता श्रेष्ठ नै पार्टीको वैधानिक अध्यक्ष हुनेछन्। यससँगै लालवीर चौधरीलाई अध्यक्षका रूपमा स्वीकार नगर्ने निर्णय आयोगले सार्वजनिक गरेको छ।

