विरेन्द्र बाग : विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोज देखि अपहरणमा छन् इजरायलमा १० दिनअघि विपिन जोशीकी आमा र बहिनी आज उनलाई भेट्न नपाई नेपाल फर्किँदै छन्।
जोशी परिवारले इजरायल बसाइँका क्रममा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरी विपिनको चाँडो रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए। तर, जोशी अझै पनि इजरायल–हमास युद्धपछि बेपत्ता रहेका कारण परिवार विपिनको अनुपस्थितिमै स्वदेश फर्किन बाध्य भएको हो।
बिपिनको खोजी र सुरक्षित रिहाइका लागि सरकारले निरन्तर पहल गर्नुपर्ने परिवारजनले आग्रह गर्दै आएका छन्।

