News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

प्रधानमन्त्री ओली नेतृत्वको सरकार कामचलाउ घोषणा गर्न माग, सर्वोच्चमा आज सुनुवाइ

User Photo
बुधबार, भदौ ११, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग: भदौ ११ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि पनि ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कामचलाउ घोषणा गर्न माग गर्दै दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

 

रिट निवेदक अधिवक्ता वीरेन्द्र केसीले संविधानको धारा १००(२) अनुसार समर्थन फिर्ता भएको ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक बाध्यता उल्लंघन गरिएको दाबी गर्दै ओलीलाई कामचलाउ प्रधानमन्त्री घोषणा गरी वैकल्पिक सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका छन्।

 

यसअघि, भदौ ८ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई कामचलाउ घोषणा किन नगर्ने भन्ने प्रश्न उठाउँदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई आज छलफलमा बोलाएको हो।

 

पृष्ठभूमि: समर्थन फिर्ता र संवैधानिक प्रश्न

 

नाउपा की अध्यक्ष रञ्जिता चौधरीले २०८२ असार २२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएकी थिइन्।

 

जसपा नेपाल ले पनि २०८२ असार ३१ मा समर्थन फिर्ता लिएको थियो।

 

यस्ता दुई दलको समर्थन गुमेको ३० दिनभित्र विश्वासको मत नलिएकोमा संविधानविपरीत भएको भन्दै सर्वोच्चले सरकारको वैधानिकतामाथि प्रश्न उठाएको छ।

 

 

सरकारमा सहभागी दल र समर्थनदाताहरू पछि हटेपछि प्रधानमन्त्रीले समयमै विश्वासको मत नलिएको विषयमा कानुनी टुंगो लगाउन आज न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ।

 

संविधानको धारा १००(२) अनुसार, सरकारको समर्थन फिर्ता भएमा प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने र त्यो प्राप्त गर्न नसकेमा पदमुक्त हुने प्रावधान छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.