News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो बेपत्ता: खोजी कता?

User Photo
बिहिबार, कार्तिक २१, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग: महेन्द्रनगर, कार्तिक २०।  सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा. हेमनाथ जोशीले प्रयोग गर्दै आउनुभएको बा २ झ २८५९ नम्बरको सेतो रंगको स्कारपियो गाडी गत भदौ २५ गतेदेखि बेपत्ता भएको छ। गाडी डिन जोशीको निजी निवास धनगढी उपमहानगरपालिका–३, हसनपुरबाट बेपत्ता पारिएको हो ।

डा. जोशीका अनुसार गाडी बिहान करिब ९ बजेतिर घर बाहिर पार्किङ गरिएको स्थानबाट लुट्ने प्रयास गरिएको थियो। तर, त्यसपछि सोही दिन दिउँसो करिब १२ बजे मुखमा मास्क लगाएका करिब ८ जनाको समूह घर परिसरमा पसेर गाडी जबर्जस्ती नियन्त्रणमा लिएर लगेका थिए ।

गाडी लिएर गएपछि डिन जोशीले तत्कालै कैलाली जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको बताएका छन । कैलाली प्रहरीका डीएसपी कविन्द्र बोहराले उक्त घटना “योजनाबद्ध र असामान्य” भएको बताउँदै, “गाडी लुट्ने समूहलाई तत्काल नियन्त्रणमा लिन नसकिएको र घटनाको अनुसन्धान जारी रहेको” जानकारी दिनुभयो।

गाडी हराएलगत्तै डिन जोशीले नेपाली सेना, जिल्ला प्रशासन कार्यालय कैलाली र डडेल्धुरा लगायत सम्बन्धित निकायहरूमा पनि सूचना दिई गाडी खोजी कार्यमा सहयोगको आग्रह गर्नुभएको छ। त्यसैगरी, सुदूरपश्चिम विश्वविद्यालय प्रशासनले पनि घटना भएकै दिन कैलाली प्रहरी कार्यालयमा ठाडो उजुरी दर्ता गरेको जनाएको छ। विश्वविद्यालयका अनुसार, गाडी बेपत्ता भएको सूचनासहित भन्सार सुरक्षा पोस्ट र नाका क्षेत्रमा समेत सूचना पठाइएको छ।

प्रहरीले अहिलेसम्म गाडी लुटपाट गर्ने समूहको पहिचान र ठेगाना स्पष्ट हुन नसकेको प्रहरीले बताएको छ। स्रोतका अनुसार, घटना ‘जेन्जी आन्दोलन’ का क्रममा संलग्न समूहहरूसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ। प्रहरीले हाल जेन्जी आन्दोलनकालीन घटनाहरू, त्यसमा संलग्न मानिएका समूहहरूको गतिविधि र हालको अवस्थाबारे छुट्टाछुट्टै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ।

गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा ‘जेन्जी आन्दोलन’ले सार्वजनिक सम्पत्तिलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। सोही श्रृंखलामा भदौ २५ गते डिन जोशीको स्कारपियो गाडी जबर्जस्ती लैजाने घटनालाई पनि सुरक्षा निकायले त्यही कालखण्डसँग जोडेर अनुसन्धान गरिरहेको बुझिएको छ। यसबीच, प्रहरी प्रशासनले घटनासम्बन्धी थप विवरण अहिलेसम्म सार्वजनिक गरेको छैन। अनुसन्धान जारी रहँदा डा. जोशी र विश्वविद्यालय प्रशासनले लुटिएको सवारी साधनको लागि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.