News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

मधेसी प्रदेशमा सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त

User Photo
सोमवार, कार्तिक २५, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग: मधेसी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सरोज कुमार यादव (महोतरी) लाई नियुक्त गरिएको छ। प्रदेश प्रमुख सुमीत्रा सुदेवी भण्डारी ले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको पत्र सार्वजनिक भएको छ।

प्रदेश प्रमुख भण्डारीद्वारा जारी नियुक्ति पत्रमा मुख्यमन्त्रीको पद जिम्मेवारीपूर्वक वहन गर्दै प्रदेशको हित र विकासका लागि प्रभावकारी रूपमा कार्य सम्पादन गर्न शुभकामना दिइएको उल्लेख छ।

यसअघि विभिन्न दलका समर्थनमा सरकार गठनका प्रयास भइरहेका बेला यादव मुख्यमन्त्री बन्न सफल भएका हुन्।

नियुक्ति पत्रको प्रतिलिपि राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत आवश्यक निकायहरूमा पठाइएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.