News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

शुक्लाफाँटा आरक्ष विस्थापितको मुद्दा उच्च अदालतमा : परमादेश माग

User Photo
बुधबार, पुस ९, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग:पौष ९, कञ्चनपुर।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित गरिएका हजारौँ नागरिकको हक–अधिकार सुनिश्चित गर्न माग गर्दै उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा रिट निवेदन दायर गरिएको छ।

 

बुधबार सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको कानून संकायमा अध्ययनरत विद्यार्थी ईश्वर दत्त भट्ट नेतृत्वको टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेको हो।

 

रिट निवेदनमा शुक्लाफाँटा आरक्षको क्षेत्रफल वि.सं. २०५१ मा १५५ वर्ग कि.मी. बाट बढाएर ३०५ वर्ग कि.मी. पुर्‍याउने क्रममा वैकल्पिक आवास, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था नगरी हजारौँ स्थानीय नागरिकलाई जबर्जस्ती विस्थापित गरिएको उल्लेख गरिएको छ। विस्थापित नागरिकहरू विगत २५ वर्षदेखि असुरक्षित, अव्यवस्थित र अपमानजनक जीवन बिताउन बाध्य भएको दाबी गरिएको छ।

 

निवेदनमा संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, आवासको अधिकार र खाद्य अधिकार राज्यकै निर्णयका कारण गम्भीर रूपमा हनन् भएको उल्लेख गर्दै राज्यको दायित्व स्मरण गराइएको छ।

निवेदक पक्षले अदालतसँग विस्थापित नागरिकका लागि तत्काल न्यूनतम राहत (खानेपानी, खाद्यान्न, लत्ताकपडा) उपलब्ध गराउन अन्तरिम आदेश जारी गर्न तथा दीर्घकालीन पुनर्स्थापना, क्षतिपूर्ति र स्थायी व्यवस्थापन सुनिश्चित गर्न परमादेश जारी गर्न माग गरेको छ।

 

२५ वर्षदेखि न्यायको प्रतीक्षामा रहेका शुक्लाफाँटा विस्थापितको मुद्दाले राज्यकै संरक्षणमा नागरिक विस्थापित हुँदा उत्पन्न हुने मानवअधिकार उल्लङ्घन र सामाजिक न्यायको गम्भीर प्रश्नलाई पुनः अदालतको केन्द्रमा ल्याएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.