News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

आगजनी क्षतिमा सरकार मौन, विकास योजनामा कमिसनको आरोप : सांसद लक्ष्मी विक

User Photo
बुधबार, पुस १६, २०८२
काठमाण्डौ ।

 

सञ्जु महर: कंचनपुर,१६ पौष / सुदूरपश्चिम प्रदेश सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद लक्ष्मी विकले आगजनीबाट भएको क्षतिबारे प्रदेश सरकार मौन बसेको भन्दै आपत्ति जनाएकी छन्। गत भाद्र २३ र २४ गते भएका घटनामा विभिन्न सरकारी कार्यालयहरू ध्वस्त हुँदा समेत सरकारले हालसम्म आधिकारिक धारणा र क्षतिको विवरण सार्वजनिक नगरेको उनको भनाइ छ।

अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी क्षति पुगेको भए पनि सरकार गम्भीर नदेखिएको भन्दै सांसद विकले तत्काल यथार्थ विवरण सार्वजनिक गर्न माग गरिन्। उनले पीडित कार्यालय र सेवाग्राहीको समस्याप्रति सरकारको उदासीनता चिन्ताजनक रहेको बताइन्।

 

त्यसैगरी विकास निर्माणतर्फ ध्यानाकर्षण गराउँदै सांसद विकले १० लाख रुपैयाँभन्दा माथिका योजनाहरू टेन्डरमार्फत सञ्चालन गर्ने निर्णयले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाइन्। चालु आर्थिक वर्षको छ महिना बितिसक्दा पनि पुँजीगत खर्च केवल पाँच प्रतिशतमा सीमित रहनु सरकारको कमजोर कार्यसम्पादनको उदाहरण भएको उनको भनाइ थियो।

 

उनले असारे विकासको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै दार्चुलास्थित महाकाली कोरिडोरका विभिन्न खण्ड र जिल्ला अस्पताल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराइन्। विकास निर्माणका काम तीव्र रूपमा अघि बढाउन उनले सम्बन्धित निकायलाई निर्देशन दिन सरकारसँग आग्रह गरिन्।

 

साथै, ‘स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ कार्यान्वयनमा देखिएका समस्याका कारण स्थानीय तहको सेवा प्रवाह प्रभावित भएको भन्दै सांसद विकले तत्काल स्पष्ट नीति र समाधानको व्यवस्था गर्न सरकारसँग माग गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.