News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

बहिरा विद्यार्थीका अनुहारमा खुसी: अमर शहीद आधारभूत विद्यालयमा फलफूल वितरण

User Photo
बिहिबार, पुस २४, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग: कंचनपुर,पौष २४ / प्रेस चौतारी नेपाल कञ्चनपुरका जिल्ला इन्चार्ज देवराज साउदले भीमदत्त नगरपालिका–१८ जानकी टोलस्थित अमर शहीद आधारभूत विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीहरूलाई फलफूल वितरण गरेका छन्।

विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ३३ जना बहिरा विद्यार्थी रहेका छन्। जसमा १५ जना छात्र र १८ जना छात्रा छन्। फलफूल वितरणका क्रममा विद्यार्थीहरूको अनुहारमा देखिएको मुस्कानले कार्यक्रमलाई अझ भावनात्मक बनाएको थियो।

विद्यालयमा बहिरा विद्यार्थीको शिक्षाका लागि ५ जना कर्मचारी कार्यरत छन्। तीमध्ये २ जना स्थायी दरबन्दी, २ जना भीमदत्त नगरपालिकाको अनुदानमा तथा १ जना नेपाल सरकारको अनुदान कर्मचारी रहेका छन्। स्थायी दरबन्दी विशेष स्रोत शिक्षकका रूपमा सोमराज जोशी र स्रोत शिक्षक सुमित्रा थापा कार्यरत छन्।

कक्षा अनुसार विद्यार्थी संख्या हेर्दा कक्षा १ मा ७ जना, कक्षा २ मा ४ जना, कक्षा ३ मा ५ जना, कक्षा ४ मा ७ जना र कक्षा ५ मा ७ जना विद्यार्थी अध्ययनरत छन्।

बहिरा विद्यार्थीको पठनपाठन २०५३ सालदेखि सुरु गरिएको हो। सुरुमा निङ्गलाशैनीमा सञ्चालन हुँदै आएको कक्षा २०७६ सालमा नेपाल सरकारको निर्णयअनुसार अमर शहीद आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको थियो।

फलफूल वितरण गर्दै इन्चार्ज साउदले अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सबै पक्षको साझा दायित्व रहेको उल्लेख गर्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमले बहिरा विद्यार्थीहरूको मनोबल बढाएको र समावेशी शिक्षाप्रति सकारात्मक सन्देश दिएको विद्यालय परिवारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.