News7 TV
बुधबार, असार ३, २०८३ | June 17, 2026 |

निमित्त नेतृत्वबाट दूरगामी निर्णय ,सम्बन्धन र कोटा विस्तारको तयारी 

User Photo
शनिबार, जेष्ठ ३०, २०८३
काठमाण्डौ ।

 

 

विरेन्द्र बाग: महेन्द्रनगर — सुदूरपश्चिम विश्वविद्यालयमा निमित्त जिम्मेवारीमा रहेका पदाधिकारीहरूले भर्नाको मुखमा सम्बन्धन विस्तार, कोटा वृद्धि तथा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको प्रक्रिया अघि बढाएको भन्दै विवाद चर्किएको छ। विश्वविद्यालयले B.Sc. CSIT र BBA कार्यक्रमको कोटा वृद्धि तथा नयाँ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्राप्त क्याम्पसहरूबाट ७ दिनभित्र आवेदन माग गरेपछि उक्त निर्णयमाथि प्रश्न उठ्न थालेका हुन्।

निमित्त रजिस्ट्रार प्रा.डा. गोविन्द सिंह बिष्टको हस्ताक्षरमा जारी सूचनाप्रति विद्यार्थी नेता तथा विश्वविद्यालयका केही पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्। उनीहरूको आरोप छ कि हाल निमित्त जिम्मेवारीमा रहेका उपकुलपति, रजिस्ट्रार तथा उनीहरूले नियुक्त गरेका निमित्त डिनहरू मिलेर विश्वविद्यालयको दीर्घकालीन प्रभाव पर्ने विषयमा निर्णय लिन खोजिरहेका छन्।

उनीहरूका अनुसार सम्बन्धन विस्तार, कोटा वृद्धि तथा नयाँ कार्यक्रम सञ्चालनजस्ता विषय विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक संरचना र संस्थागत भविष्यसँग प्रत्यक्ष जोडिएका विषय हुन्। यस्ता दूरगामी असर पर्ने निर्णयहरू स्थायी रूपमा नियुक्त पदाधिकारीहरूबाट आवश्यक अध्ययन, बहस र कानुनी प्रक्रियाअनुसार हुनुपर्ने उनीहरूको धारणा छ।

विद्यार्थी नेता तथा पूर्व पदाधिकारीहरूले सीमित समूहको स्वार्थ र प्रभाव विस्तारका लागि विश्वविद्यालयलाई विवादित निर्णयतर्फ धकेल्ने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्। उनीहरूले स्थायी नेतृत्वविहीन अवस्थामा यस्ता निर्णयहरू अघि बढाउनु कानुनी, नैतिक तथा संस्थागत दृष्टिले उचित नहुने बताएका छन्।

विश्वविद्यालयभित्र अहिले एउटा प्रमुख प्रश्न उठ्न थालेको छ— “निमित्त जिम्मेवारीमा रहेका पदाधिकारीले विश्वविद्यालयको भविष्यसँग जोडिएका दूरगामी निर्णय गर्ने अधिकार राख्छन् कि राख्दैनन्?”

यस विषयमा विश्वविद्यालयभित्र तथा सरोकारवालामाझ बहस तीव्र बन्दै गएको छ। विद्यार्थी नेता तथा पूर्व पदाधिकारीहरूले सम्बन्धन विस्तार, कोटा वृद्धि र नयाँ कार्यक्रम सञ्चालनसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगन गरी स्थायी नेतृत्व नियुक्त भएपछि मात्र आवश्यक निर्णय लिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.