News7 TV
शुक्रबार, असार ५, २०८३ | June 19, 2026 |

रास्वपाको पहिलो महाधिवेशनमा चाँदनी ऐरको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

User Photo
बिहिबार, असार ४, २०८३
काठमाण्डौ ।

 

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन आगामी असार ७, ८ र ९ गते हुने भएको छ। महाधिवेशनलाई लक्षित गर्दै समाजसेवी तथा पार्टीकी सक्रिय नेतृ चाँदनी ऐर (चन्द्रा) ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

पार्टी स्थापनाअघिदेखि नै विभिन्न सामाजिक तथा नागरिक आन्दोलनमा सक्रिय रहँदै आएकी ऐर निमुखा, पीडित तथा आवाजविहीन नागरिकहरूको पक्षमा आवाज उठाउँदै आएकी व्यक्तिका रूपमा परिचित छन्। सामाजिक सेवासँगै रास्वपाको संगठन विस्तार, जनसम्पर्क तथा पार्टी गतिविधिमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएकी उनले व्यक्तिगत लाभभन्दा पार्टी र सिद्धान्तलाई प्राथमिकता दिँदै आएकी छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक बन्दसूचीको तेस्रो नम्बरमा रहे पनि सांसद बन्ने अवसर नपाएकी ऐरले २०८२ सालमा पनि समानुपातिकतर्फ उम्मेदवारी दिँदै पार्टीप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएकी थिइन्। आफू कुनै पद वा अवसरको अपेक्षा नगरी दिनरात पार्टीको हितका लागि खटिँदै आएको उनका समर्थकहरूको भनाइ छ।

रास्वपाको स्थापना कालदेखि नै संगठन निर्माण, जनचेतना अभिवृद्धि र सामाजिक अभियानहरूमा सक्रिय रहँदै आएकी ऐरको उम्मेदवारीले महाधिवेशनमा थप चर्चा पाएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले उनको लामो संघर्ष, त्याग र योगदानलाई सम्मान गर्दै नेतृत्व तहमा पुग्ने अवसर दिनुपर्ने धारणा व्यक्त गरिरहेका छन्।

रास्वपाको पहिलो महाधिवेशनले आगामी नेतृत्व चयनसँगै पार्टीको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.