विरेन्द्र बाग:काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा हर्कराज राई (हर्क साम्पाङ) ले सभामुखप्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका छन्।
विपक्षी दलहरूको आवाज नसुनी एकलौटी ढंगले बैठक सञ्चालन गरिएको आरोप लगाउँदै उनले, “ढुंगाहरूको देश हो कि क्या हो, कसैले केही नसुन्ने!” भन्दै आपत्ति व्यक्त गरे।
साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भएर आफूहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गरे। साथै, प्रधानमन्त्रीले रोष्ट्रमबाट भारतको भूमि नेपालले अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएको दाबी गर्दै उक्त भनाइ फिर्ता लिन र संसदको अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने मागसमेत सभामुखसमक्ष राखेका छन्।
उनले संसदमा उठाइएका गम्भीर विषयहरूलाई बेवास्ता नगर्न र विपक्षीको आवाजलाई सम्मान गर्न आग्रह गरेका छन्।

