News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

भुटानी शरणार्थी काण्डको फैसला: १६ दोषी, ७ जनाले सफाइ पाए

User Photo
मङ्लबार, असार २३, २०८३
काठमाण्डौ ।

 

विरेन्द्र बाग: नेपालकै बहुचर्चित र राजनीतिक रूपमा निकै संवेदनशील मानिएको भुटानी शरणार्थी प्रकरणमा अदालतले महत्वपूर्ण फैसला सुनाएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो मुलुक पठाइदिने नाममा करोडौँ रुपैयाँ ठगी गरिएको आरोपमा दायर मुद्दामा अदालतले १६ जनालाई दोषी ठहर गरेको छ भने ७ जनाले सफाइ पाएका छन्।

दोषी ठहर हुनेहरूमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झा रहेका छन्।

यस्तै, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापाले अदालतबाट सफाइ पाएका छन्।

यो प्रकरण नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीको सूचीमा समावेश गराई तेस्रो मुलुक पठाइदिने प्रलोभन देखाएर ठूलो रकम असुल गरिएको आरोपसँग सम्बन्धित हो। घटनाले राज्य संयन्त्र, उच्च राजनीतिक नेतृत्व, प्रशासनिक कर्मचारी र बिचौलियाको संलग्नता माथि गम्भीर प्रश्न उठाएको थियो। अनुसन्धानका क्रममा पूर्वमन्त्री देखि उच्चपदस्थ कर्मचारी र विभिन्न बिचौलिया सम्म कानुनी दायरामा आएका थिए।

अदालतको पछिल्लो फैसलाले लामो समयदेखि चर्चामा रहेको यस मुद्दालाई नयाँ मोड दिएको छ। दोषी ठहर भएका व्यक्तिहरूको सजाय भने अदालतले आगामी सुनुवाइ मार्फत निर्धारण गर्नेछ।

यो फैसला नेपालमा उच्च तहका व्यक्तिमाथि हुने भ्रष्टाचार तथा संगठित ठगी सम्बन्धी मुद्दाहरूको न्यायिक प्रक्रियामा एउटा महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.