News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

लागू औषधसहित ६ जना युवक पक्राउ 

User Photo
मङ्लबार, फाल्गुन ६, २०८१
काठमाण्डौ ।

 

 

धनगढी ,फागुन ६। धनगढी उपमहानगरपालिका–१२ “बि” गाउँबाट “ए” गाउँ बस्ने ३५ वर्षीय शेरबहादुर भण्डारी र २१ वर्षीय आशिष ढाँट पक्राउ परेका छन्। दुबै जनालाई ८५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट जुगेडा,कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार ब्यारेलबाट सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७४९५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ बस्ने १९ वर्षीय विनोद गिरीले लागाएको हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ५ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)फेला पारी उक्त पदार्थ, मोटरसाईकल र मोटरसाइकल पछाडी सवार बाजुराको बुढीगंगा नगरपालिका–४ बस्ने २३ वर्षीय दिपेन्द्र खातीलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

यसैगरी धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरबाट सोही ठाउँ बस्ने २७ वर्षीय उपेन्द्र रावल र १६ वर्षीय किशोर पक्राउ परेका छन्। यी दुबै जनालाई ९३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। सोमवार पक्राउ परेका यी ६ जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.