News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

दलाली गर’ Loading…

User Photo
मङ्लबार, फाल्गुन ६, २०८१
काठमाण्डौ ।

 

 

 

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ फागुन । देशको वर्तमान सामाजिक तथा राजनीतिक परिवेशलाई उजागर गर्ने क्रान्तिकारी गीत ‘दलाली गर’ यही फागुन ७ गते प्रजातन्त्र दिवसको दिन बिहान ९ बजे गौरव जोशी युट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ । उक्त गीतको भिडियोबारे आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

 

गौरव जोशी र सन्तोष जोशीको शब्द सिर्जना तथा कथा लेखन एवं निर्देशन रहेको उक्त गीतमा डा. कृष्ण दत्त जोशी (बोक्सर) ले मुख्य भूमिका निर्वाह गरेका छन् । गीतमा धर्मेन्द्र मल्ल र संगीता मल्लको सशक्त स्वर रहेको छ भने गोपाल दयालको संगीत संयोजनले यसलाई थप आकर्षक बनाएको छ । छायांकन पक्षलाई दिपेश ठगुन्नाले निर्देशन गरेका छन् । गीतको छायांकन कञ्चनपुरका तिलाचौर, बनगाउँ लगायतका विभिन्न स्थानहरूमा गरिएको छ ।

 

उक्त गीतमा गाउँ समाजका विविध समस्याहरू उजागर गर्ने प्रयास गरिएको छ । बेरोजगारी, परदेशी जीवनका पीडा, किसानका समस्या, सहकारी पीडितहरूको दुःख, अस्पताल तथा स्वास्थ्य सेवासम्बन्धी समस्या, महिला-पुरुषका भोगाइहरू जस्ता विषयवस्तुहरू समेटिएका छन् । सिर्जनात्मक रूपमा सामाजिक यथार्थलाई चित्रण गर्ने उक्त गीतले दर्शक तथा श्रोताहरूको मन जित्ने विश्वास गरिएको छ । समाजमा देखिएका विकृति र विसंगतिहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्ने उक्त गीतको प्रतीक्षा दर्शकहरूका लागि निकै उत्सुकतापूर्ण बन्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.