News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित ५ जना पक्राउ

User Photo
बुधबार, फाल्गुन ७, २०८१
काठमाण्डौ ।

कंचनपुर, फागुन  ७। भारतको उडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु र विद्यार्थी दुर्व्यवहारमा जिम्मेवार रहेको भन्दै केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित ५ जनालाई पक्राउ गरेको छ ।

 

चौतर्फी विरोध र दबाबपछि माफी मागेपनि उनिहरू घटनामा जिम्मेवार रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । यसअघी विश्वविद्यालयले विद्यार्थीलाई छात्राबासमा फर्कन आह्वान गरेपनि नेपाली विद्यार्थीहरू त्रासमा छन् । मंगलबार दिउँसो भुवनेश्वर पुगेका नेपाली दूतावासका अधिकारीहरुसँग उनीहरूले छात्रावासमा आफूहरुमाथि जे पनि हुन सक्ने भन्दै सुरक्षित सुरक्षित महसुस गर्न नसकेको बताएका थिए । दूतावासले घटनाबारे बुझ्न दूतावासका प्रतिनिधि सञ्जीव शर्मा दास र नवीनराज अधिकारीलाई खटाएको थियो ।

 

केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहारप्रति चौतर्फी विरोधपछि विश्वविद्यालयले माफी मागेको थियो ।

 

विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि हातपात गर्ने दुई सुरक्षागार्डलाई बर्खास्त गर्नुका साथै छात्रावासका तीन अधिकारीलाई निलम्बन गरेको छ । यसका साथै सबै विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिने पनि विश्वविद्यालयले जनाएको थियो । तर, हिजो बिहान कुटिँदै लखेटिएका विद्यार्थी सुरक्षाप्रति निश्चिन्त हुन सकेका छैनन् ।

 

कान्तिपुर टेलिभिजनसँगको सम्पर्कमा आएका विद्यार्थीहरुका अनुसार विश्वविद्यालयले छात्रावासमा फर्कन बारम्बार आह्वान गरे पछि मंगलबार साँझसम्म जम्मा ३९ विद्यार्थीमात्र फर्किएका थिए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.