News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

प्रतिनिधि सभाको दुवै सदनको बैठक आइतबार बस्दैछ

User Photo
आइतवार, फाल्गुन ११, २०८१
काठमाण्डौ ।

 

 

कंचनपुर, फागुन ११ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ।

 

दुवै सदनको बैठकका लागि तय भएको सम्भावित कार्यसूचीमा सरकारले यसअघि ल्याएका अध्यादेश निर्णायार्थ पेश गरिने समावेश छैन।

 

यसअघि बसेको सत्तापक्षीय दलहरूको बैठकले अध्यादेशलाई संसदबाट स्विकृतिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए।

 

राष्ट्रिय सभाबाट अध्यादेश स्विकृत हुने अवस्था सुनिश्चित नभईसकेकाले सरकारले अध्यादेश अघि बढाएको छैन।

 

प्रतिनिधि सभा बैठकका लागि आइतबार तीनवटा कार्यसूची छ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९/२०८० पेस गर्ने , गृह मन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 

त्यस्तै वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 

 

त्यस्तै राष्ट्रिय सभा बैठकका लागि दुइटा कार्यसूची तय भएको छ।

 

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने र विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दहालले नपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.