बिरेन्द्र बाग: कञ्चनपुर, १५ फागुन । प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको जिल्ला शाखाको आठौँ अधिवेशनबाट नयाँ कार्यसमिति बिहीबार मदन गिरी नेतृत्वमा सर्वसम्मत चयन भएको छ।
अधिवेशनमार्फत उपाध्यक्षमा भुपाल केसी, महिला उपाध्यक्षमा लक्ष्मी सेठी, सचिवमा धन बहादुर बोहरा (डिबी), सहसचिवमा माधव पौडेल, समावेशी सहसचिवमा बिमल विश्वकर्मा र कोषाध्यक्षमा भवानी दत्त भट्ट (भुवन) निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक राजेन्द्र सिंह धामीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सदस्यहरूमा पवन जोशी, सुरेश भट्ट, केशव भट्ट, गणेश दत्त जोशी, बिरेन्द्र बाग र सन्तोष धानुक चयन हुनु भएको छ ।
त्यसैगरी प्रदेश प्रतिनिधिमा लक्ष्मणदत्त पन्त, धन बहादुर बिक र यमकला पाण्डेय तथा केन्द्रीय प्रतिनिधिमा राजेन्द्र बिष्ट, सुरेश धामी, र महेश्वरी जोशी (माया) निर्विरोध चयन हनु भएको छ । नवनिर्वाचित अध्यक्ष मदन गिरीले प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित र जिल्लाको सञ्चार क्षेत्रको सशक्तिकरणका लागि आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

