दैलेख आठबीस नगरपालिका वडा न १ र २ मा समुदायिक स्वास्थ्य निरुपण अभिमुखिकरण कार्यक्रम आईतबार बाट सुरु भएको छ।

उक्त कार्यक्रममा ओम प्रकाश काफ्ले सहायक प्रध्यापक,मान बाहादुर शाही कार्यवाहक अध्यक्ष,तारा बि क कार्यपालिका सदस्य,क्रान्ति प्रसाद रिजाल सदस्य ,राधिका आचार्य सदस्य , स्वास्थ्य चौकीका प्रमुख, सुरक्षा कर्मी, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका ,विभिन्न राजनितिक दलका पदाधिकारी, विधार्थी र सहकारी प्रतिनिधिकोे उक्त कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो।
आइतबार भएका कार्यक्रमहरु समाजिक नक्सा ,संस्थागत चित्र , मौसमी पात्र ,गतिसिल नक्सा, दैनिकी कार्य तालिका (महिला र पुरुष ), समस्या र समाधान रुख गरी जम्मा छ वटा कार्यक्रम सञ्चालन गरिएको ग्रुप लिडर बिकाश महतो जानकारी दिनु भएको छ।

