धनगढी: फागुन १९ । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु भएको छ । बझाङको मस्टा गाउँपालिका वडा नम्बर ७ घर भएका ३४ वर्षीय सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लामो समयदेखि सभामुखका अंगरक्षक रहेका बोहराको सोमबार धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका वडा नम्बर २ मा बोहरा सवार सुदूरपश्चिम प्रदेश ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनु भएको छ।

