विरेन्द्र बाग: फागुन २३। सुदूरपश्चिम विश्वविद्यालयकोे पाँचौं दीक्षान्तमा याे वर्ष १३ सय ७७ जना विद्यार्थीहरु दिक्षीत हुने भएका छन् । उक्त कार्यक्रम यहीँ फागुन २५ गते सुदूरपश्चिम विश्वविद्यालयकाे केन्द्रीय क्याम्पसमा एक विशेष समाराेहका विच ग्रेस लिष्टमा भएका १३ सय ७७ जना विद्यार्थीहरु दिक्षीत हुने भएका छन्।
कार्यक्रममा विश्वविद्यालयका कुल पति एवं प्रधानमन्त्री केपि शर्मावलीकाे अध्यक्षता र मित्र राष्ट्र भारतकाे साेबन सिंह जीना विश्वविद्यालय अल्माेडा उत्तराखण्डका कुलपति प्राेफेसर सत्पाल सिंह विष्टकाे प्रमुख आतिथ्यतामा पाचौं दिक्षान्त समाराेहकाे आयाेजना हुन् लागेकाे परीक्षा नियन्त्रक अनुराधा राेकायाले जानकारी दिनु भएको छ।
उनले भने “दिक्षीत हुनेमा ८औ ग्रेस लिष्टमा भएका १३ सय ७७ भएपनि कार्यक्रमका माझ गाउन र टाेपि लगाएर दिक्षित हुनेकाे संख्या भने ३ सय ७२ विधार्थीकोे आवेदन परेकाले ती विद्यार्थीले कार्यक्रमका माझ दिक्षीत हुने जानकारी दिनु भएको छ।
दिक्षित हुनेमा स्नातक र स्नातकोत्तर तहका मानविकि तथा समाजशास्त्र , शिक्षा, व्यवस्थापन, ईन्जिनियरिङ, कृषि विज्ञान सहित ६ वटा विभिन्न संकायका रहेका छन् ।भने यस पटक एमफिल गरेकाहरू समेत दिक्षित हुने परिक्षा नियन्त्रक राेकायाले जानकारी दिनु भएको छ।
दिक्षित हुने मध्येबाट ११ जनाले पदक पाउने छन् । जसमा पहिलाे पदक चान्सलर पाउनेमा शिक्षाशास्त्र संकायका स्नातकोत्तर तहका पदमराज भट्ट रहेका छन् । उनले ३.४० सिजिपिए अंक प्राप्त गरेका छन् ।भ्वाईस चान्सलर पदक पाउनेमा टिकापुर क्याम्पसकि कृषि विज्ञान संकायमा स्नातक तहमा अध्ययनरत कुशुम तिमिल्सिना रहेकि छिन् । उनले ३.९३ सिजिपिए अंक प्राप्त गरेकि छिन ।
यस्तै अन्य भ्वाई चान्सलर पदक र संवरण पदकबाट कार्यक्रममा सम्मानित हुने परिक्षा नियन्त्रक राेकायाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयाे ।दिक्षान्त समाराेह कार्यक्रममा ३ सय ३० जना विद्यार्थीका अभिभावक समेत सहभागी हुने छन् । भने कार्यक्रम विहान १० बजेबाट शुरू हुने जानकारि दिनु भएको छ।

