News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

रवि लामिछानेको रहस्यमय मौनता : रणनीति कि डर?

User Photo
सोमवार, फाल्गुन २६, २०८१
काठमाण्डौ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशमा हिरासतमुक्त भए पनि रहस्यमय रूपमा मौन छन्। धरौटी बुझाएर रिहा भएयता सामाजिक सञ्जाल, मिडिया वा कुनै सार्वजनिक मञ्चमा उनले कुनै प्रतिक्रिया दिएका छैनन्। पार्टी स्रोतका अनुसार, लामिछाने अहिले रास्वपाको समग्र समीक्षा गर्दै रणनीतिक प्रतिवेदन तयार पारिरहेका छन्, जुन उनले केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ।

तर, उनको यो मौनता स्वाभाविक मात्र हो कि रणनीतिक? कि डरको संकेत? प्रमुख प्रतिपक्षी दलहरू समेत लामिछानेको मौनताप्रति असहज देखिन्छन्। एक रास्वपा नेताका अनुसार, ‘पत्रकारहरू चासो राखिरहेका छन्, अरू पार्टीहरूलाई चिन्ता छ। रविले बोलेको भए प्रतिक्रियाहरू आउँथे, आलोचना हुन्थ्यो, तर उनले पूरै मौनता अख्तियार गर्दा अरूले नै बोल्न नपाउने अवस्था सिर्जना भएको छ।’

हिरासत बसाइको अनुभवबारे उनले डायरी लेख्ने सोच राखे पनि लेख्न भने सुरु गरिसकेका छैनन्। राजनीतिक रूपमा ‘ठग’ को आरोप खेपिरहेका लामिछानेलाई अदालतले सफाइ दिएपछि आलोचकहरू निरुत्तर बनेका छन्। लामिछानेका लागि यो अवसर हो वा चुनौती? उनी रणनीतिक रूपमा अघि बढिरहेका छन् वा संकट टार्न मौन छन्? यी प्रश्नहरूको जवाफ आउँदो दिनमा स्पष्ट हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.