दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका-८, बसेडीका २५ वर्षीय रोशन सिंह धामी उपचार खर्च अभावमा परेका छन्। तीन महिना अघि गाउँबाट ५–६ लाख रुपैयाँ ऋण संकलन गरी रोजगारीको लागि संयुक्त अरब इमिरेट्स (दुबई) गएका धामी ब्लड क्यान्सर (रगतको क्यान्सर) पुष्टि भएपछि नेपाल फर्किएका हुन्।
हाल काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत धामीको उपचारमा लाखौं खर्च लाग्ने चिकित्सकहरूले बताएका छन्। तर, परिवारसँग उपचार खर्च जुटाउने आर्थिक अवस्था नभएकोले आफन्तहरूले सहयोगका लागि अपिल गरेका छन्।
धामीको उपचारका लागि अहिले सामाजिक सञ्जालमा सहयोग अभियान सञ्चालन गरिएको छ। सहयोग गर्न चाहनेले उहाँकी श्रीमती लक्ष्मी बिष्ट धामीको नाममा रहेको माछापुच्छ्रे बैंकको खाता नम्बर ०८९०९७७८५६१०००१७ मा रकम जम्मा गर्न अथवा QR कोड स्क्यान गरी सहयोग गर्न सक्नेछन्।मनकारी महानुभावहरूलाई धामीको जीवन बचाउन सहयोगको अपिल गरिएको छ।

