कञ्चनपुर । “गतिशील उद्यमी, निजी क्षेत्रमैत्री सरकार : उन्नत व्यवसाय, समृद्धिको आधार” भन्ने मूल नाराका साथ सम्पन्न नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय महाधिवेशनबाट विष्णु प्रसाद कंडेल सुदूरपश्चिम प्रदेश इन्चार्जमा सर्वसम्मत चयन भएका छन्।
महाधिवेशन २०७८ चैत ८ र ९ गते सम्पन्न भएको थियो। सो अवसरमा कंडेलले सुदूरपश्चिम प्रदेशमा उद्यमशीलता र व्यवसाय प्रवर्द्धनका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। निजी क्षेत्रको सशक्तीकरण र औद्योगिक विकासका लागि आवश्यक नीति तथा योजना निर्माणमा महासंघको प्रभावकारी भूमिका रहने उनको भनाइ छ।
सुदूरपश्चिम प्रदेशका उद्योगी तथा व्यवसायीहरूले कंडेलको नेतृत्वलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।

