संतोष धानुक:कञ्चनपुर, चैत्र,१४सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस, कञ्चनपुरमा आगामी निर्वाचनका लागि मतदाता सूची प्रकाशित गरिएको छ। सार्वजनिक विवरण अनुसार क्याम्पसमा जम्मा ३,५०९ जना मतदाता सूचीकृत भएका छन्।
विश्वविद्यालय निर्वाचनमा विद्यार्थी प्रतिनिधि चयन गर्नका लागि प्रत्येक वर्ष विद्यार्थी संघ निर्वाचन आयोजना गरिन्छ। यसपटकको निर्वाचनका लागि क्याम्पस प्रशासनले औपचारिक रूपमा मतदाता सूची सार्वजनिक गरेको हो।
यसैक्रममा, विद्यार्थी सङ्गठनहरू आ–आफ्ना उम्मेदवार चयन तथा रणनीति बनाउने प्रक्रियामा जुटिरहेका छन्। क्याम्पसमा विद्यार्थी संगठनहरूबीच चहलपहल बढेको देखिन्छ।
क्याम्पस प्रशासनका अनुसार निर्वाचन सम्बन्धी अन्य जानकारी चाँडै सार्वजनिक गरिनेछ। उम्मेदवारी दर्ता, प्रचारप्रसार, र मतदान प्रक्रियासम्बन्धी कार्यतालिका तयार भइसकेको जानकारी दिनु भएको छ।

