ऐकेन्द्र सिङ धामी :कैलाली — नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका गाउँ कार्यसमितिको आयोजनामा स्वर्गीय मोहन देव पन्तप्रति श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
सभामा नेपाली कांग्रेसका जिल्ला, प्रदेश तथा स्थानीय तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले स्व. पन्तप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँको पार्टीप्रतिको निष्ठा, सामाजिक योगदान र सेवाभावको उच्च मूल्याङ्कन गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस दार्चुलाका नेता, सुदूरपश्चिम प्रदेश समितिका प्रतिनिधि तथा मालिकार्जुन गाउँपालिकाका स्थानीय नेताहरूको समेत सक्रिय सहभागिता रह्यो।
वक्ताहरूले स्वर्गीय पन्तले जीवनभर जनताको अधिकारका लागि आवाज उठाउँदै राजनीतिक क्षेत्रमा अमूल्य योगदान पुर्याएको उल्लेख गर्दै उहाँका आदर्श र विचारलाई पछ्याउनुपर्ने आवश्यकता औंल्याए।
सभाका सहभागीहरूले एक मिनेट मौनधारण गर्दै स्वर्गीय पन्तप्रति श्रद्धाञ्जली अर्पण र दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।
कार्यक्रम नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका गाउँ कार्यसमितिको संयोजनमा सम्पन्न भएको हो।
समापन मन्तव्यमा गाउँपालिकाका सभापति किशन सिंह सामन्तले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै स्वर्गीय पन्तको योगदान सधैं स्मरणीय रहने बताए।

