विरेन्द्र बाग: सोमबार ,१५ वैशाख। २७ दिनदेखि जारी शिक्षक आन्दोलनले नयाँ मोड लिएको छ। आन्दोलनरत शिक्षकहरूले समर्थन जनाउन आएका नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूलाई नाराबाजीसहित मञ्चमै अस्वीकार गरेका छन्।
अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको टोली आन्दोलनस्थलमा पुगेका थिए। उनीहरूले भाषण गर्न थालेका बेलामा शिक्षकहरूले “कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल” भन्दै तीव्र विरोध जनाए। चर्को नाराबाजीका बीच नेताहरू प्रहरीको सुरक्षा (स्कर्टिङ) मा स्थल छाड्न बाध्य भएका थिए।
शिक्षकहरूले नेताहरूको उपस्थितिलाई अस्वीकार गर्दै आफ्नो आन्दोलन स्वतन्त्र र निष्पक्ष रूपमा अघि बढाउने चेतावनीसमेत दिएका छन्। आन्दोलनकारीहरू सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिइरहेका छन्।

