News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

रास्वपा प्रदेश सभापति प्रकाश विष्टमाथि कारबाही सिफारिस

User Photo
शुक्रबार, बैशाख १९, २०८२
काठमाण्डौ ।

 

धनगढी, वैशाख १९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टमाथि कारबाहीको सिफारिस गरिएको छ। पार्टीभित्र गुटबन्दी, अनुशासनहीनता र केन्द्रीय नेतृत्वको अवज्ञा गरेको आरोपमा प्रदेशका ९ जिल्ला सभापतिहरूले विष्टमाथि कारबाहीको सिफारिस गरेका हुन्।

तत्कालीन सहमहामन्त्री सुमना श्रेष्ठ र पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकालसँग मिलेर पार्टी सञ्चालन गरेको आरोप विष्टमाथि लगाइएको छ। जिल्ला सभापतिहरूले प्रदेश इन्चार्ज एवं सांसद हरि ढकाललाई आरोपपत्रसहित निवेदन बुझाएका छन्।

विष्टमाथि विधानविपरीत पदाधिकारी मनोनीत गर्ने, फरक मत राख्नेलाई हटाउने, गुटबन्दी गर्ने, मनपरी तरिकाले पदाधिकारी हटाउने तथा नक्कली कागजात तयार गर्ने लगायत ११ बुँदे आरोप लगाइएको छ। स्रोतका अनुसार विष्टले अध्यक्ष रवि लामिछानेनिकट केन्द्रीय नेताहरूमाथि निरन्तर उपेक्षा गर्दै आएको आरोप पनि लगाइएको छ।

‘सुमना श्रेष्ठ र मुकुल ढकालको निर्देशनमा पार्टी सञ्चालन गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘लामिछानेनिकटका नेताहरूसँग असहयोगी व्यवहार गर्दै आएको प्रमाणहरू छन्।’

केन्द्रीय सदस्य विजय जैरुको अगुवाइमा सबै जिल्ला सभापतिहरूबाट हस्ताक्षर संकलन गरी निवेदन पेश गरिएको हो। अछाम र बझाङका सभापतिहरू सुरुवातमा हस्ताक्षर गर्न नचाहे पनि पछि दबाबमा परेका थिए, स्रोतले जनायो।

यता प्रदेश सभापति विष्टले भने आफूलाई गुटबन्दीको सिकार बनाइएको प्रतिक्रिया दिएका छन्। ‘माथिको आड लिएर तल राजनीति गर्ने प्रवृत्ति हावी भएको छ,’ उनले भने, ‘मेरो कामको समीक्षा प्रदेश समितिले गर्नु पर्ने हो।’

विष्टले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै पार्टीको विधानअनुसार निर्णय गर्दै आएको दाबी गरेका छन्। ‘मैले मास्टर्स गरेको इन्जिनियर हुँ, देशविदेशका अवसर छोडेर पार्टीलाई पूर्ण समय दिएको छु,’ उनले भने, ‘पार्टीबाट निकालिहाले पनि चिन्ता छैन, म आफ्नो काममा लागिरहन्छु।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.