विरेन्द्र बाग : १९ वैशाख। कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–४ मा रहेको बैतडा सामुदायिक बनमा आज दिउँसो देखि भीषण आगलागी भएको छ। आगलागीले ठूलो क्षेत्रका रुखबिरुवा र वन्यजन्तु आवासमा क्षति पुर्याएको छ।
स्थानीय बासिन्दाका अनुसार दिउँसो करिब ३ बजे सुरु भएको आगो तीव्र हावाका कारण झन् फैलिएको छ। तर अहिले सम्म आगो नियन्त्रण भएको छैन
जिल्ला बन कार्यालयका अनुसार प्रारम्भिक अनुमानमा आगलागी सुख्खा पात तथा घाँसका कारण लागेको हुन सक्ने देखिएको छ। आगलागीबाट हालसम्म मानवीय क्षति नभएको भए पनि वन क्षेत्रमा नोक्सानी भएको छ।
स्थानीय सरकार र बन कार्यालयले आगो नियन्त्रण र भविष्यमा यस्ता घटना रोकथामका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

