News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

डडेलधुराबाट धनगढी जाँदै गरेको हायस र बझाङतर्फ जाँदै गरेको बस एकआपसमा ठोक्किँदा तीन जना घाइते

User Photo
शनिबार, बैशाख २०, २०८२
काठमाण्डौ ।

← Back

Thank you for your response. ✨

डडेलधुराबाट धनगढीतर्फ जाँदै गरेको हायस र धनगढीबाट बझाङतर्फ गइरहेको यात्रुबाहक बस चुरे गाउँपालिका–३ सल्लेरीमा आपसमा ठोक्किँदा तीन जना यात्रु घाइते भएका छन्।

 

परशुराम नगरपालिका–१२ जोगबुडाबाट धनगढीका लागि छुटेको सुप–प्र ०२–००१ ज ५०७ नम्बरको इभी हायस र धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुप–प्र ०२–०१६ प १२५२ नम्बरको बस सल्लेरीमा एकआपसमा ठोक्किएका हुन्। शुक्रबार बिहान भएको उक्त दुर्घटनामा दुई महिला र एक पुरुष घाइते भएका हुन्।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घाइते हुनेहरूमा हायसका चालक परशुराम–१२ निवासी २६ वर्षीय कमल धामी, हायसमा सवार सोही ठाउँकी ९ वर्षीया प्रतीक्षा सिंजा मगर र बसमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ की ३० वर्षीया निर्मला भट्ट रहेका छन्।

 

घाइते तीनै जनाको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने अन्य यात्रुहरू भने सकुशल रहेका छन्।

 

प्रहरीका अनुसार उक्त स्थानमा सडक साँघुरो र मोडहरु बढी भएकाले सावधानी अपनाउन जरुरी रहेको छ। स्थानीयले दुर्घटनास्थलमा पुगेर तत्काल उद्धार कार्यमा सहयोग गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.