News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा मानव तस्करी :गृहमन्त्री सचिवालय देखि अध्यागमन प्रमुख सम्मकोे संलग्नता

User Photo
शुक्रबार, जेष्ठ १०, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग: कन्चनपुर , जेठ ९  – गृह मन्त्रालय अन्तर्गत भिजिट भिसाका नाममा विदेश जान चाहनेहरूलाई ठगी गर्ने र मानव तस्करीमा संलग्न एउटा ठूलो सञ्जाल खुलेको छ। यस अवैध सञ्जालमा गृह मन्त्रालयको सचिवालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका उच्च अधिकारीहरू समेत संलग्न रहेको प्रमाण फेला परेको छ।

 

सूचनाका अनुसार, भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जान चाहने व्यक्तिहरूबाट प्रतिदिन झन्डै ५० लाख रुपैयाँसम्म असुली हुने गरेको छ। यस कार्यमा विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई र गृहमन्त्री रमेश लेखकको सचिवालयमा कार्यरत नरवीर खड्का प्रत्यक्ष संलग्न रहेको पाइएको छ।

 

उल्लेखनीय छ, नरवीर खड्का यसअघि पनि भिजिट भिसासम्बन्धी गैरकानुनी सेटिङमार्फत ‘अपरेशन’ चलाउँदै गर्दा पक्राउ परेका थिए। त्यसपछि पनि उनी फेरि गृहमन्त्रीको सचिवालयमा पुगेका छन्। स्रोतका अनुसार, गृहमन्त्री लेखकले स्वयम् रोजेर भट्टराईलाई अध्यागमनमा खटाएका थिए।

 

मानव तस्करीजस्तो जघन्य अपराधमा सरकारकै उच्च तहका व्यक्तिहरूको संलग्नता देखिनु अत्यन्तै गम्भीर विषय हो। भिजिट भिसाको नाममा भइरहेको अवैध कारोबारले नेपालबाट विदेश जाने सयौँ युवा–युवतीलाई ठगिएको र जोखिमपूर्ण अवस्थामा पुर्‍याइएको छ।

 

यस घटनाले ‘समृद्धि’को नाममा ‘तस्करी’लाई प्रोत्साहन गरिएको गम्भीर आशंका जन्माएको छ। अब प्रश्न उठेको छ– के राज्यसंयन्त्रभित्रका पाका तस्करहरूलाई कारबाही हुनेछ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.