News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

विजय कुमार पाण्डे :प्रधानमन्त्री पदको गरिमा र संयमको सन्देश

User Photo
सोमवार, जेष्ठ १३, २०८२
काठमाण्डौ ।

 

 

काठमाडौं, जेष्ठ १२ – प्रधानमन्त्री पद केवल कार्यकारी शक्तिको केन्द्र मात्र नभई राष्ट्रको उच्चतम संस्थागत प्रतीक पनि हो। यस पदमा रहेकाले त्यसको गरिमा, मर्यादा र नैतिकता कायम राख्नु लोकतान्त्रिक संस्कृतिको अनिवार्य अङ्ग हो। तर पछिल्लो समय प्रधानमन्त्रीकै निर्देशनमा सडक कब्जा जस्ता गतिविधिहरूको आह्वान हुनु गम्भीर चिन्ताको विषय बनेको छ।

 

जेष्ठ १५ गते एमाले कार्यकर्तालाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिइनु प्रधानमन्त्री पदकै मर्यादामाथि प्रश्न उठाउने खालको भएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ। विश्लेषकहरू भन्छन् – लोकतन्त्रको रक्षा गर्नुपर्ने पदबाटै यदि उत्तेजना र आक्रोशको सन्देश प्रवाह भयो भने प्रणालीप्रति आम नागरिकको विश्वास खस्कने खतरा रहन्छ।

 

यस सन्दर्भमा धेरैले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीलाई स्मरण गर्न थालेका छन्। उनी संयम, शालिनता र भद्र राजनीतिक व्यवहारका प्रतिक थिए। एक अन्तर्वार्तामा जब उहाँसँग सोधिएको थियो, ‘मानिसले तपाईंलाई कसरी सम्झुन् भन्ने लाग्छ?’ – उहाँले उत्तर दिनुभयो, “मनमोहन एक असल मानिस थियो भनेर सम्झिए पुग्छ।”

 

वर्तमान राजनीतिक असहिष्णुता र उत्तेजनात्मक भाषाले राजनीतिक संस्कारमा नकारात्मक असर पारिरहेको बेला, अधिकारीजस्ता नेताको सम्झना आज झन सान्दर्भिक बन्न गएको छ।

 

विशेषज्ञहरू भन्छन् – सरकार, प्रतिपक्ष र नागरिक सबैले अभिव्यक्ति स्वतन्त्रता र असहमति प्रकट गर्ने अधिकार भित्र मर्यादाको ख्याल राख्नुपर्ने आवश्यकता आज झन बढेको छ। खासगरी प्रधानमन्त्रीजस्ता उच्च पदाधिकारीहरूका हरेक अभिव्यक्ति र कदमले राजनीतिक संस्कार निर्माणमा गहिरो प्रभाव पार्ने भएकाले उनीहरूबाट संयमता, विवेक र उदारताको अपेक्षा गर्नु स्वाभाविक हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.