News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

५३औं विश्व वातावरण दिवसको अवसरमा भिमदत्त नगरपालिकाद्वारा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गर्दै

User Photo
बुधबार, जेष्ठ २२, २०८२
काठमाण्डौ ।

सन्तोष धानुक: कंचनपुर , जेठ  २१ ५३औं विश्व वातावरण दिवसको अवसरमा भिमदत्त नगरपालिका सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गर्ने भएको छ। विश्व वातावरण दिवस प्रत्येक वर्ष मे ५ मा बनाउने गरिन्छ । यो वर्षकोे मुल नारा  प्लास्टिक प्रदुषण अन्त्य गरौ भन्ने रहेको छ ।भिमदत्त  नगरपालिकाको आयोजनामा यहि बिहीबार बिहान ७ बजे देखि महेन्द्रनगरको स्मारक चोकबाट सुरु हुने सरसफाइ अभियान पछि, भिमदत्त नगरपालिका–१८ स्थित इको पार्कमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा विभिन्न संघसंस्थाहरूको सहयोग रहने जनाइएको छ। साथै सयौं संख्यामा विद्यार्थीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

यस कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा समिति, नेपाल पत्रकार महासंघ लगायत विभिन्न सरकारी तथा गैर–सरकारी संघसंस्थाबाट प्रतिनिधिहरूको सहभागिता रहने जानाकारी दिनु भएको छ।

भिमदत्त नगरपालिकाले उक्त कार्यक्रम मार्फत स्वच्छ, हरियाली र वातावरणमैत्री नगर निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.