सन्तोष धानुक: कंचनपुर , जेठ २१ ५३औं विश्व वातावरण दिवसको अवसरमा भिमदत्त नगरपालिका सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गर्ने भएको छ। विश्व वातावरण दिवस प्रत्येक वर्ष मे ५ मा बनाउने गरिन्छ । यो वर्षकोे मुल नारा प्लास्टिक प्रदुषण अन्त्य गरौ भन्ने रहेको छ ।भिमदत्त नगरपालिकाको आयोजनामा यहि बिहीबार बिहान ७ बजे देखि महेन्द्रनगरको स्मारक चोकबाट सुरु हुने सरसफाइ अभियान पछि, भिमदत्त नगरपालिका–१८ स्थित इको पार्कमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा विभिन्न संघसंस्थाहरूको सहयोग रहने जनाइएको छ। साथै सयौं संख्यामा विद्यार्थीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
यस कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा समिति, नेपाल पत्रकार महासंघ लगायत विभिन्न सरकारी तथा गैर–सरकारी संघसंस्थाबाट प्रतिनिधिहरूको सहभागिता रहने जानाकारी दिनु भएको छ।
भिमदत्त नगरपालिकाले उक्त कार्यक्रम मार्फत स्वच्छ, हरियाली र वातावरणमैत्री नगर निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

