News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

अपताव आलमको रिहाइमा संलग्न न्यायाधीशमाथि ‘जनकारबाही’ 

User Photo
बिहिबार, जेष्ठ ३०, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग: जेठ २९ , जन्मकैद सजाय पाएका अपताव आलमजस्ता कुख्यात हत्यारालाई रिहा गर्न भूमिका खेलेको आरोप लगाउँदै कम्युनिस्ट युवा संगठन नेपालले उच्च अदालतका न्यायाधीश खुसराम थारुविरुद्ध ‘जनकारबाही’ गरेको दाबी गरेको छ।

 

संगठनका अनुसार, देशभर ‘जनकारबाही अभियान’ सुरु गरिएको छ र न्यायमा हस्तक्षेप तथा जनविरोधी फैसला गर्नेहरूमाथि प्रतिरोधको कार्यक्रम सञ्चालन भइरहेका छन्।

 

बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक एक छोटो भिडियोमा कालो मुसो दलेका एक व्यक्तिलाई देखाइएको छ, जसलाई संगठनले न्यायाधीश थारु भएको दाबी गरेको छ। सो भिडियोलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ।

 

कम्युनिस्ट युवा संगठन नेपालले आरोप लगाएको छ कि थारुजस्ता न्यायाधीशहरूका कारण अपताव आलमजस्ता अपराधीक पृष्ठभूमिका व्यक्ति सजायबाट उन्मुक्ति पाउँदै आएका छन्। संगठनले यस्तो निर्णयलाई जनभावनाविरुद्ध भएको भन्दै न्यायालयमा रहेका ‘जनविरोधी’ व्यक्तित्वविरुद्ध अभियान जारी राख्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.