News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

विपद्‌मा जनताको साथमा राष्ट्रिय युवा संघ – कञ्चनपुरमा ३१ सदस्यीय उद्धार टोली गठन

User Photo
सोमवार, असार ९, २०८२
काठमाण्डौ ।

 

महेन्द्रनगर ,मनसुन सक्रिय भएसँगै बाढी, डुबान र पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम तीव्र रूपमा बढिरहेको अवस्थामा, कञ्चनपुरमा राष्ट्रिय युवा संघ नेपालले विपद्‌ व्यवस्थापनका लागि विशेष टोली गठन गरेको छ।

 

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ‘विपद्‌को बेला राष्ट्रिय युवा संघ नेपाल जनताको साथमा’ भन्ने स्पष्ट नारासहित ३१ सदस्यीय राहत तथा उद्धार टोली गठन गरेको हो।

युवा संघ कञ्चनपुरका अध्यक्ष दिनेश विष्ट (डिबि) को नेतृत्वमा गठन गरिएको उक्त टोली, सम्भावित विपद्को पूर्वतयारी स्वरूप परिचालनमा आउनेछ।

 

अध्यक्ष विष्ट भन्छन्:

“कञ्चनपुर बाढी र डुबानको उच्च जोखिममा रहेको जिल्ला हो। आपत्‌को बेला सरकारी संयन्त्र मात्र पर्याप्त नहुन सक्छ, त्यसैले हाम्रो टोली तत्काल उद्धार र राहतमा खटिनेगरी तयारी अवस्थामा रहनेछ,” उनले भने।

 

उक्त टोलीले जिल्लाका सबै नौ वटै स्थानीय तहमा फोकल पर्सन तोकेको छ, जसले सूचना संकलनदेखि उद्धार समन्वयसम्मको जिम्मेवारी सम्हाल्नेछ।

 

संघले सुरक्षा निकाय, स्थानीय प्रशासन र सामाजिक संघसंस्थासँग सहकार्य गरेर विपद्‌मा सशक्त रूपमा खटिने जनाएको छ।

बाढीका कारण घर डुब्ने, मानवीय क्षति हुनेजस्ता घटनामा तत्काल उद्धार र राहत पुर्‍याउने तयारी युवा संघले गरेको हो।

 

युवा संघको यो सक्रियताले संकटमा परेको जनताको जीवनरक्षा र पुनःस्थापनामा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.