News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

भिजिट भिसाका नाममा मानव तस्करी: रास्वपाकी सुमना श्रेष्ठको आरोप

User Photo
आइतवार, असार २९, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग: असार २९  रास्वपाकी सांसद सुमना श्रेष्ठले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको विषयले थप औचित्य प्राप्त गरेको बताएकी छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली  सहभागी भएको स्पेनको कार्यक्रमले नै आफूहरूले उठाउँदै आएको मुद्दा थप पुष्टि भएको दाबी गरिन्।

“हामीले लगातार उठाउँदै आएको भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको प्रकरण औचित्यपूर्ण बन्दै गएको छ,” सांसद श्रेष्ठले भनिन्, “प्रधानमन्त्री सहभागी भएको अन्तर्राष्ट्रिय कार्यक्रममा देखिएको नेपालीहरुको अवस्थाले हाम्रो चिन्ता झन् गहिरिएको छ।”

श्रेष्ठले मानव तस्करी रोक्नका लागि प्रभावकारी नीतिगत तथा कानुनी पहलको माग समेत गरेकी छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.