विरेन्द्र बाग: असार २९ रास्वपाकी सांसद सुमना श्रेष्ठले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको विषयले थप औचित्य प्राप्त गरेको बताएकी छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमले नै आफूहरूले उठाउँदै आएको मुद्दा थप पुष्टि भएको दाबी गरिन्।
“हामीले लगातार उठाउँदै आएको भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको प्रकरण औचित्यपूर्ण बन्दै गएको छ,” सांसद श्रेष्ठले भनिन्, “प्रधानमन्त्री सहभागी भएको अन्तर्राष्ट्रिय कार्यक्रममा देखिएको नेपालीहरुको अवस्थाले हाम्रो चिन्ता झन् गहिरिएको छ।”
श्रेष्ठले मानव तस्करी रोक्नका लागि प्रभावकारी नीतिगत तथा कानुनी पहलको माग समेत गरेकी छिन्।

