News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा गणेश पनेरु निर्वाचित

User Photo
शनिबार, फाल्गुन ३, २०८१
अत्तरिया, कैलाली ।

 

नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशनबाट गणेश पनेरु केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन्।लामो समयदेखि कर्मचारीहरूको हक, अधिकार र संस्थागत सुधारका लागि योगदान पुर्‍याउँदै आएका पनेरु केन्द्रिय नेतृत्वमा पुगेका छन्।

कर्मचारी क्षेत्रमा कर्मनिष्ठ, इमानदार तथा परोपकार भावनाका रूपमा चिनिएका पनेरुले विगतका विभिन्न कालखण्डमा उनले विभिन्न संगठनहरू, राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनको यही योगदान र सक्रियताका कारण निजामती कर्मचारी संगठनको केन्द्रिय नेतृत्वसम्म पुग्न सफल भएका हुन्।

हाल गोदावरी नगरपालिकामा कार्यरत पनेरुले कर्मचारीहरूका समस्या समाधान तथा समग्र विकासका विषयमा विशेष चासो राख्दै आएका छन्। उनी कर्मचारीहरूको हकहितका सवालमा स्पष्ट धारणा राख्दै संगठनभित्र सशक्त आवाज उठाउँदै आएका छन्।

पनेरुको निर्वाचित भएपछि विभिन्न राजनीतिक, सामाजिक तथा कर्मचारी संगठनका व्यक्तित्वहरूले उनलाई शुभकामना व्यक्त गरिरहेका छन्। निर्वाचित भएपछि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै उनले संगठनभित्र रहनुका मुख्य उद्देश्यहरूबारे स्पष्ट पारे। “म जहिले पनि कर्मचारी हितका लागि आवाज उठाउने छु। संगठनलाई थप सुदृढ बनाउने, कर्मचारीहरूका समस्या समाधानका लागि पहल गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले भने।

उनले संगठनभित्र आफूलाई विश्वास गरेर सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै आगामी दिनमा अझै समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार, संगठनलाई अझ व्यवस्थित, सक्षम र सशक्त बनाउन नयाँ रणनीतिसहित अघि बढ्ने योजना रहेको छ।

पनेरुको यो जितलाई कर्मचारी संगठनभित्र नयाँ उत्साहका रूपमा हेरिएको छ। उनका समर्थकहरूले संगठनभित्र सुधार, सशक्त नेतृत्व र कर्मचारी हितमा ठोस कदम चाल्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.