News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

हमासको कब्जामा परेका नेपाली विद्यार्थी बिपिन जोशी अब जीवित नरहेको इस्रायली अधिकारीको पुष्टि

User Photo
सोमवार, अशोज २७, २०८२
काठमाण्डौ ।

 

हमासको कब्जामा परेका नेपाली विद्यार्थी बिपिन जोशी अब यस संसारमा नरहेको इस्रायली अधिकारीहरूले औपचारिक रूपमा पुष्टि गरेका छन्।

इस्रायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाका उच्च कमाण्डरहरूले अमेरिकी नागरिकसमेत रहेका जोशीकी आमा र बहिनीलाई, साथै नेपालमा रहेका उनका आफन्त किशोर जोशीलाई यो हृदयविदारक खबर सुनाएका हुन्।

 

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमार्फत् जानकारी दिँदै भने,“इस्रायली अधिकारीहरूले बिपिन जोशी जीवित नरहेको आधिकारिक रूपमा परिवारलाई सूचित गरेका छन्।”

 

सन् २०२३ को अक्टोबरमा कृषि अध्ययनका लागि उज्यालो भविष्यको सपना बोकेर इस्रायल पुगेका बिपिन, दक्षिण इस्रायलको खेत क्षेत्रमा अध्ययनरत रहँदा हमासको आक्रमणमा बेपत्ता भएका थिए। त्यो दिनदेखि उनको कुनै अत्ता-पत्ता थिएन— परिवारले आशाको दीप बालिरहे, देशले प्रार्थना गरिरह्यो, तर नियतिले अर्कै लेखिसकेको रहेछ।

 

नेपाल सरकारले उद्धारका लागि कूटनीतिक र मानवीय प्रयासका थुप्रै तहमा पहल गरे पनि, आजसम्म उनको अवस्थाबारे ठ्याक्कै जानकारी आउन सकेको थिएन।र, आज अन्ततः— आधिकारिक पुष्टि भयो—बिपिन फर्किँदैनन्।

 

उनको यात्राले एउटा देशको सन्तान गुमाएको पीडा मात्र होइन, संसारभरका आमाबुबाका मुटुमा भय र करुणा थपिदिएको छ।सपना साकार गर्न टाढा गएका बिपिन, अब फर्किँदैछन्।

स्रोत: बीबीसी ,setopati, नयाँपत्रिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.