News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

जन्मकैदको सजायका कारण रेशम चौधरीको उम्मेदवारी खारेज 

काठमाण्डौ ।

 

विरेन्द्र बाग: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उम्मेदवारी खारेज हुने भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार ‘अयोग्य’ ठहरिने अवस्था आएपछि चौधरीको उम्मेदवारी खारेज हुने निश्चित देखिएको हो। मंगलबार चौधरीले उम्मेदवारी दर्ता गरेपछि बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उनीविरुद्ध उजुरी दर्ता भएको थियो।

 

निर्वाचन ऐनको दफा १३ अनुसार जन्मकैदको सजाय पाएका व्यक्ति प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था छ। सोही कानुनी प्रावधानका आधारमा निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि छानबिन गरिरहेको छ। छानबिनपछि आयोगले बिहीबार साँझसम्म अन्तिम निर्णय दिने तयारी गरेको छ।

चौधरी २०७२ असोजमा टिकापुरमा भएको घटनामा आठ जना प्रहरी र एक नाबालकको हत्या अभियोगमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका व्यक्ति हुन्। कैलाली जिल्ला अदालतको फैसलालाई उच्च अदालत दिपायल र सर्वोच्च अदालतले समेत सदर गरिसकेको छ। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २०८० जेठ २ गते जन्मकैदको फैसला सदर गरेको थियो।

कानुनी रूपमा अयोग्य ठहर भएपछि रेशम चौधरीको उम्मेदवारी खारेज हुने अवस्था बनेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.