News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

बझाङबाट निर्वाचित युवा नेता ऐन महर एमाले संसदीय दलको प्रमुख सचेतक 

User Photo
शुक्रबार, बैशाख ११, २०८३
काठमाण्डौ ।

विरेन्द्र बाग: नेकपा एमालेका युवा नेता ऐन महर लाई एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरिएको छ। महर बझाङ जिल्लाबाट निर्वाचित सांसद हुन् भने उनी अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्षसमेत हुन्।

प्रमुख सचेतकको जिम्मेवारी पाएपछि महरले खुशी व्यक्त गर्दै पूर्ण निष्ठा र इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताएका छन्। उनले संसदीय दलका कामकारबाहीलाई प्रभावकारी बनाउँदै नेपाली जनता, लोकतन्त्र, संविधान र राष्ट्रियताको पक्षमा दृढ रहने प्रतिबद्धता जनाएका छन्।

महरले नेकपा एमालेलाई जनताको भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्दै राष्ट्रको निर्णायक शक्ति बनाउन निरन्तर सक्रिय रहने उल्लेख गरेका छन्। साथै, उनले बझाङबासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइ, पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकहरूप्रति विश्वास व्यक्त गरेका छन्।

त्यस्तै, आफूलाई उक्त जिम्मेवारी प्रदान गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओली, संसदीय दलका नेता रामबहादुर थापा लगायत सम्पूर्ण नेतृत्व तथा एमाले संसदीय दलका माननीय सदस्यहरूप्रति उनले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.