डडेल्धुरा : डडेल्धुरामा प्रहरीले १७१.४६ ग्राम शुद्ध चरेशसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा डडेल्धुरा जिल्लाको अजैमेरु गाउँपालिका–१, मुद्दार निवासी अन्दाजी ४१ वर्षीय सन्तोष भण्डारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता भास्कर चन्दका अनुसार गोप्य सूचनाका आधारमा भण्डारीको आफ्नै पसलमा खानतलासी गर्दा प्लास्टिकसहित १७६ ग्राम तथा शुद्ध तौल १७१.४६ ग्राम चरेश बरामद भएको हो।
प्रहरीले भण्डारीलाई मङ्गलबार साँझ करिब ७:३० बजेतिर नियन्त्रणमा लिएको जनाएको छ। उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रवक्ता चन्दका अनुसार अनुसन्धानका लागि जिल्ला अदालत डडेल्धुराबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। बरामद लागूऔषधको स्रोत तथा यस घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान भईरहेको जानकारी दिएका छन्।

