News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

डडेल्धुरामा  चरेशसहित एक जना पक्राउ

User Photo
बुधबार, असार १७, २०८३
काठमाण्डौ ।

डडेल्धुरा : डडेल्धुरामा प्रहरीले १७१.४६ ग्राम शुद्ध चरेशसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा डडेल्धुरा जिल्लाको अजैमेरु गाउँपालिका–१, मुद्दार निवासी अन्दाजी ४१ वर्षीय सन्तोष भण्डारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता भास्कर चन्दका अनुसार गोप्य सूचनाका आधारमा भण्डारीको आफ्नै पसलमा खानतलासी गर्दा प्लास्टिकसहित १७६ ग्राम तथा शुद्ध तौल १७१.४६ ग्राम चरेश बरामद भएको हो।
प्रहरीले भण्डारीलाई मङ्गलबार साँझ करिब ७:३० बजेतिर नियन्त्रणमा लिएको जनाएको छ। उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रवक्ता चन्दका अनुसार अनुसन्धानका लागि जिल्ला अदालत डडेल्धुराबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। बरामद लागूऔषधको स्रोत तथा यस घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान भईरहेको  जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.