News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

रवि लामिछानेसँग लामो सहकार्य गरेका पत्रकार हिक्मतबहादुर रावल गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त

User Photo
बिहिबार, असार १८, २०८३
काठमाण्डौ ।

विरेन्द्र बाग : सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा रावललाई संस्थानको नेतृत्व दिने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले उक्त निर्णय सार्वजनिक गरेका हुन्।

 

कैलालीका रावल नेपाली पत्रकारितामा दुई दशकभन्दा बढी समय सक्रिय रहेका पत्रकार हुन्। सुदूरपश्चिमका अनेक चर्चित समाचार राष्ट्रिय स्तरमा ल्याएका उनले एभिन्युज टेलिभिजनमा सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा आफ्नो परिचय स्थापित गरेका थिए। त्यसपछि उनी न्युज २४ टेलिभिजनमा आबद्ध भए, जहाँ उनले तत्कालीन चर्चित प्रस्तोता रवि लामिछानेसँग लामो समय एउटै संस्थामा काम गरे।

 

पछि रावल ग्यालेक्सी ४के टेलिभिजनमा पनि पुगे, जहाँ पुनः रवि लामिछानेसँगै सहकार्य गरे। ग्यालेक्सी छाडेपछि उनी बीबीसी नेपालीसँग आबद्ध थिए।

पत्रकारिताको मैदानबाट सरकारी सञ्चार संस्थाको नेतृत्वमा पुगेका रावलको नियुक्तिलाई सञ्चार क्षेत्रले चासोका साथ हेरेको छ। सार्वजनिक सेवा प्रसारण, सम्पादकीय विश्वसनीयता, डिजिटल रूपान्तरण र संस्थागत सुधारको चुनौती अब उनको काँधमा आएको छ।

 

सूचना तथा सञ्चार मन्त्रालयले यसअघि महाप्रबन्धक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये १० जनाको अल्पसूची सार्वजनिक गरेको थियो। उक्त सूचीमा हिक्मतबहादुर रावल, नारायणप्रसाद सापकोटा, भेषराज पाण्डे, राजन नेपाल, रामचन्द्र अर्याल, रुद्रबहादुर खड्का, लक्ष्मण कार्की, विश्वराज खनाल, शान्तराम विडारी र शिवकुमार भट्टराई रहेका थिए।

 

सबै प्रतिस्पर्धीलाई पछि पार्दै अन्ततः रावल गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त भएका छन्। अब उनको कार्यकालले सरकारी सञ्चारमाध्यमको प्रभावकारिता, विश्वसनीयता र आधुनिकीकरणमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषय सबैको नजरमा रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.