खोटाङको हलेसी बजारमा भीषण आगलागी भएको छ । बजारमा रहेको पदम राईको ग्यास पसलबाट आगलागी सुरु भएको हो ।
ग्यास पसलबाट सुरु भएको उक्त आगोले अहिले उग्र रुप लिएको छ । त्यसले बजार क्षेत्रका बासिन्दा आगो थप फैलिने त्रासमा छन् ।
स्थानीय र सुरक्षाकर्मीहरुले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । तर आगो नियन्त्रणमा आउन सकेको छैन ।
थप विवरण आउन बाँकी छ ।

