News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण, एक जना पक्राउ

User Photo
सोमवार, फाल्गुन ५, २०८१
काठमाण्डौ ।

 

धनगढी, फागुन ५।सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ।सोमवार बिहान करीब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

भट्टलाई रक्तचाप सम्बन्धी बिरामी भएर आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका छोराले आक्रमण गरेका हुन्।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले डाक्टरमाथि आक्रमण गर्ने बिरामीका छोरा समेत रहेका कुरुवा २४ वर्षीय कृष्ण रानालाई नियन्त्रणमा लिइएको जानकारी दिए। रानाले आईसीयूबाट चेकजाँच गरेर फर्किने क्रममा डाक्टरमाथि आक्रमण गरेका थिए। उनको आक्रमणबाट डाक्टरको चस्मा फुुटेको छ भने मुखमा चोट लागेको छ। राना मानसिक रुपमा अस्वस्थ भएको बुझिएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.