दैलेख :चैत्र १४ जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका ६ जबमुकाँधमा रहेको समावेशि सहकारी संस्था द्वारा सन्चालित समावेशि एफएम संस्था २०७७ साल देखि सञ्चालनमा भएकोे छ । उक्त कार्यरत कर्मचारीहरुले पारिश्रमिक तोकियो तर पनि नदिएको उक्त कार्यालयका कर्मचारीले गुनासो गरेकाे छ ।
रेडियो हाम्रो समावेशि एफएम कार्यालय प्रमुख संग कुनै पनि सम्पर्क नरहेको तर उक्त कार्यालयका प्रमुखले बेला बेला फोन सम्पर्क गरी हाम्रो कार्यालयमा काम गन आउनुहोस । म तपाइलाई महिनाको यति उति तलबमा राख्नेछु र खाना नास्ता बस्न लागि निशुल्क छ भनेर सम्पुर्ण कुरा दिएर बोलाउनु हुन्छ । उक्त कार्यालय मा उपस्थित हुदा काममा लगाउनु हुन्छ र नियुक्ति पत्र माग्दा नदिएको सधै भोलि दिन्छु भने आशा दिनुभयो तर कहिल्यै दिनुभएन उक्त कार्यालयका कार्यरत कर्मचारीहरुले बताएका छन ।
समावेशि सहकारी संस्था द्वारा संञ्चालित रेडियो हाम्रो समावेशि एफएम का कार्यालयका प्रमुख सुरेन्द्र बहादुर शाहि आफ्नो काम देखाएर समावेशि सहकारी संस्था खातामा भएकोे उक्त रकम लिएर विदेशिनु हुन्छ । र केहि महिना कसैको सम्पर्कमा नआएको र केहि महिना रेडियोमा केहि समस्या आउछ त्यो.जानकारी पाएपछि उहाँलाई केहि हप्ता पछि सम्पर्क आएर उक्त कार्यालयका प्रमुख नेपाल फर्किन्छन् । केहि दिनमा कार्यालयमा पुग्नु हुन्छ । पारिश्रमिक माग्दा समान मर्मत गर्नु छ आजभोलि रकम छैन भने कुरा कार्यालय प्रमुख कर्मचारी संग गरको कुरा कर्मचारीले बताएका छन ।
समावेशि एफएम का कार्यालयका कर्मचारी चाडपर्वको घरमा फर्किने बेला काम गरेबापत पारिश्रमिक दिनु भन्दा दिनभरि बाहिर कार्यक्रम जाने कहिल्यै साझ नफर्किने गरेको उक्त कार्यालयका कर्मचारीहरुले जानकारी दिनु भयो। अन्तिमा आफ्नो घरवाट गाडि भाडा घरवाट पठाएर फर्कीनुहुन्छ । उक्त कार्यालयका कर्मचारी घरमा सकेपछि पछि फोन सम्पर्कमा नरहेको कार्यालयका कर्मचारीहरुले जानकारीमा उल्लेख गरेका छन । र हालसम्म समावेशि सहकारी संस्था द्वारा संञ्चालित रेडियो हाम्रो समावेशि एफएम का कार्यालय प्रमुखले अहिले कार्यालय बन्ध गरको स्थानियले बासीले जानकारी दिएका छन

