News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

फिदिम र यासोकमा डढेलो निभाउने क्रममा ५ जना घाइते, २ को अवस्था चिन्ताजनक

बिहिबार, चैत्र २०, २०८१
काठमाण्डौ ।

पाँचथर — जिल्लाको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाका विभिन्न स्थानमा जंगलमा डढेलो निभाउने क्रममा ५ जना सर्वसाधारण घाइते भएका छन् । कुम्मायक(३ ताम्राखुका अमरसिंह थापा र पदम खड्कासहितका स्थानीयको निजी वनमा लगाइएको डढेलोमा पर्दा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डढेलोमा पर्दा २८ वर्षीया स्थानीय सम्बाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फे, २२ वर्षीया प्रतिमा सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे जलेर घाइते भएका हुन् ।

बिहीबार दिउँसो घाँस दाउरा खोजिरहेका बखत जंगलको पुछारबाट सल्केको डढेलोमा पर्दा उनीहरु जलेको प्रहरीले जनाएको छ । घाइतेमध्ये प्रतिमाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साहले जानकारी दिए । घाइते चारैजनालाई डढेलो लाग्दै गरेको स्थानबाट उद्धार गरी थप उपचारार्थ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

फिदिम(१३ जौबारीको जंगलमा बिहीबार मध्याह्न लागेको डढेलोमा पर्दा ४७ वर्षीया स्थानीय उषाकला नेम्बाङ राई गम्भीर घाइते भएकी छिन् ।

जंगलमा दाउरा खोज्न गएका बखत सल्केको डढेलोमा पर्दा शरीरका अधिकांश भाग जलेकी नेम्बाङलाई पाँचथर अस्पतालमा प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.